काठमाडौंमा मामाको हत्या गरेको आरोपमा प्रहरीले भान्जालाई पक्राउ गरेको छ।
नागार्जुन नगरपालिका-३ रातामाटे बस्ने सिन्धुली फिक्कल गाउँपालिका-५ का ४५ वर्षीय सन्तोष माझीको हत्या भएको थियो।
उनको हत्या गरेको आरोपमा भान्जा नाता पर्ने २८ वर्षीय सुरज तामाङलाई शुक्रबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ।
सुरजले फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको हो।
उक्त खबर पाएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।