मकवानपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
शुक्रबार बिहान मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम राजमार्ग सडकखण्डमा हेटौंडाबाट चितवन जाँदै गरेको ट्रकले बिहान सवा ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अुनसार ना ५ ख ७७१२ नम्बरको ट्रकले ठक्कर दिँदा मकवापुरको राक्सिराङ गाउँपालिका-०९ घर भई हाल मनहरी गाउँपालिका-८ का ७० वर्षीय गंगाबहादुर स्याङ्तानको मृत्यु भएको हो।
स्याङ्तान बाटो काट्दै गर्दा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्रक र ट्रक चालक सर्लाहीको हरिवन नगरपालिका-११ का ४० वर्षीय प्रमोद महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।