प्रहरी अतरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्य अवकाशमा गएकी छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख रहेकी उनी मंगलबारबाट अवकाशमा गएकी हुन्।
उमेर हदका कारण उनी अवकाशमा गएकी हुन्। कार्यालयले उनलाई सोमबार नै बिदाइ गरिसकेको छ।
प्रहरी नियमावली २०७१ को दफा १२७ अनुसार एआइजी ५६ वर्षको उमेरमा अवकाशमा जाने प्रावधान छ।
यस्तै एआइजी भरत बोहरा आइतबार अवकाशमा गएका थिए। उनी पनि उमेर हदबाटै अवकाशमा गएका हुन्।
योसँगै प्रहरीमा एआइजीमा दुई पद रिक्त रहेको छ।
यो पदका लागि बढुवा सिफारिस गर्ने तयारी छ। एआइजीको बढुवा मन्त्रिपरिषदबाट गर्ने व्यवस्था छ।