डोटीमा चट्याङ लागेर एक युवक घाइते भएका छन्।
शनिबार दिउँसो जोरायल गाउँपालिका–३ ठाटीगडामा भूपाल खत्रीको घरमा चट्याङ पर्दा त्यहाँ रहेका २३ वर्षीय धिरजबाबु रोकाया घाइते भएका हुन्।
उनी कामका लागि खत्रीको घर पुगेका थिए। चट्याङले उनको आँखा र टाउकोमा असर गरेको बताइएको छ।
घटनापछि रोकायालाई सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिँदै छ। स्वास्थ्यकर्मीले उनी खतरामुक्त रहेपनि थप उपचारका लागि निगरानी आवश्यक रहेको बताएका छन्।
चट्याङका कारण भूपाल खत्रीको घरमा समेत आंशिक क्षति पुगेको छ। उनको घरमा बिजुली र भित्तामा क्षति पुगेको स्थानीयहरूले बताएका छन्।