नेपाली सेनाले गणेश हिमाल आधार शिविरमा पुगेका दुई जनाको उद्धार गरेको छ।
बिहीबार दिउँसो आधार शिविरमा पुगेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
पर्यटन प्रवर्द्धनका लागि गणेश हिमालमा आधार शिविरमा डिभिवन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यसहित १५ जना पुगेका थिए।
उनीहरूमध्ये दुई जना बिरामी परेपछि उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।