१० जनाको ज्यान जानेगरी कपिलवस्तुको सुरही पुल नजिक भएको बस दुर्घटनाका मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बुधबार राति साढे १२ बजेतिर बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो।
मृत्यक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको छ।
त्यस्तै भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापाको पनि पहिचान खुलेको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले जानकारी दिए।
महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट झन्डै दुईसय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले जानकारी दिए।
बाँकी ४ जना मृतकको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा ३० जना घाइते भएका छन्। त्यसमध्ये ९ जनालाई उपचारका लागि राति नै बुटवल रिफर गरिएको थियो।
पाँच जनाको स्थानीय आधारभुत अस्पतालमा उपचार भइरहेको छ भने ६ जना सामान्य उपचारपछि घर फर्किएका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।
अन्य १० जना घाइतेको कपिलवस्तुकै सन्जिवनी अस्पतालमा उपचार भइरहेको र उनीहरुमध्ये पनि अवस्था गम्भिर भएकाहरुलाई अन्यत्र रिफर गर्ने प्रक्रियामा रहेको पौडेलले बताए।
मध्यरातमा दुर्घटना भएको र प्रहरीलाई राती साढे १ बजेमात्र जानकारी भएकोले घाइते र मृतक ४० जनाको उद्धार गरी अस्पताल पुर्याउन नै धेरै समय लागेको प्रहरी उपरीक्षक पौडेलले बताए।
घाइते सबैको पहिचान खुलेको छ।
घाइते हुनेमा ओखलढुंगाका लोकबहादुर कार्की रहेका छन्। उनी रूद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार रहेको खुलेको छ।
कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय पूर्णबहादुर चन्द, कैलाली, बेलडाँडी नगरपालिका वडा नम्बर १ का २४ वर्षीय महेश सुनार घाइते भएका छन्।
त्यस्तै बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय सुशील कुँवर, गुल्मी, मालिका गाउँपालिका वडा नम्बर ७ का २९ वर्षीय अर्जुन कार्की पनि घाइते भएका छन्।
कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १८ का २८ वर्षीय सन्तोष चौधरी, बसका सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १८ का ३५ वर्षीय केशव हमाल रहेका छन्।
यस्तै बैतडी मेनौली नगरपालिका वडा नम्बर १ का २२ वर्षीय राजेश दयाल, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १ का १८ वर्षीय नितेश सुनार घाइते रहेका छन्।
यसैगरी गोरखा, शहीद लखन गाउँपालिका वडा नम्बर ७ बस्ने ३० वर्षीया मनोज विक, दार्चुला, शैल्यशिखर नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय नवीन भट्ट पनि घाइते छन्।
कञ्चनपुर, भीमदत्त नगरपालिका १४ बस्ने ३३ वर्षीया गीता कुँवर र उनका १२ वर्षका छोरा नवीन कुँवर पनि घाइते भएका छन्। ओखलढुंगाका १९ वर्षीय बिसन भुजेल, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ११ का ३१ वर्षीय मोहनसिंह लोहार, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का ४१ वर्षीय अनील तन्डुकार पनि घाइते छन्।
दुर्घटनामा कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १६ का ५४ वर्षीया नारायणी थापा, त्यही ठाउँमा २८ वर्षीय दिपेन्द्र बोहोरा पनि घाइते भएका छन्।
कैलाली, लम्किचुहा नगरपालिका वडा नम्बर १ की २७ वर्षीय रेखा आचार्य, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नबम्बर १८ की ४१ वर्षीया शान्ति सिंह, कैलाली गेरुवा गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय गणेश काफ्ले, उनकी २७ वर्षीया श्रीमती रेखा आचार्य, तीन वर्षकी छोरी श्रृष्टि काफ्ले घाइते भएका छन्।
यस्तै, भारत उत्तर प्रदेश मुद्राबास का ३५ वर्षीय मोहम्मद रिजन, सोही ठाउँका ५४ वर्षीय अनिश मनियार पनि घाइते छन्।
धादिङ, सिम्लेका २५ वर्षीय कृष्ण नेपाली, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १९ का २० वर्षीय सुमन विष्ट, सोही नगरपालिका वडा नम्बर १ का २० वर्षीय मनोजसिंह धामी पनि घाइते छन्।
कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १९ कै २० वर्षीय अशोक सिंह, सोही नगरपालिका वडा नम्बर ४ का ३६ वर्षीय ज्ञानेन्द्र पाल घाइते रहेको प्रहरीले जानकारी दिएको छ।