नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया संगीता भण्डारी रहेकी छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ नौ किलो नजिक बाप्र ०२ ०४६ प १६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिँदा चालक भण्डारीको मृत्यु भएको हो।
आज बिहान ७:४५ बजे दुर्घटना हुँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।