काठमाडौंको धर्मस्थलीमा बसको ठक्करबाट एक जना किशोरको मृत्यु भएको छ।
मंगलबार राति साढे ६ बजे तार्केश्वर नगरपालिका-६ धर्मस्थलीमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
बा २ ख ८४१३ बस धर्मस्थलीबाट रत्नपार्क जाँदै थियो। त्यही बेलामा बसले पैदल हिडिँरहेका किशोरलाई ठक्कर दिएको एसपी रिजालले बताए।
ठक्करपछि गम्भीर घाइते भएका किशोरलाई ग्रीन सिटी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा ७ बजे उनको मृत्यु भएको थियो।
किशोर नाबालक भएकाले उनको पहिचान खुलाइएको छैन।
खोटाङ घर भएका ती किशोर काठमाडौंको तार्केश्वरमा डेरा गरी बस्दै आएका थिए।