काठमाडौं महानगरपालिका भोटाहिटीस्थित एक मिठाइ पसलमा ताल्चा लगाएको छ।
मंगलबार महानगर प्रहरीले भोटाहिटीमा रहेको आर के मिठाइ पसलमा ताल्चा लगाएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
नक्सामा गोदाम भनेर उल्लेख गरेको ठाउँमा मिठाइ पसल सञ्चालन गरिएको हुँदा पसलमा ताल्चा लगाएको महानगर प्रहरीले जनाएको छ।
महानगरका अनुसार केही दिनअघि उक्त स्थानमा नक्साबमोजिम काम गर्न महानगर प्रहरीले आग्रह गरेको थियो। तर पसल धनीले अटेर गरी पुनः सञ्चालन गरेको हुँदा ताल्चा लगाइएको हो।