यो वर्ष बुटवलमा होलीको रौनक फर्किएको छ।
कोरोनाका कारण विगत दुई वर्ष फिका रहेको होली यसपालि रंगीन बनेको छ।
बुटवल, भैरहवा लगायत क्षेत्रमा दिनभर जसो विभिन्न समूहमा जम्मा भई मानिसहरूले उत्साहपूर्वक होली मनाएका छन्।
कोरोना अघिका वर्षहरूमा जस्तै यसपालि पनि बुटवल ट्राफिक चोकमा युवाहरू जम्मा भएर सांगीतिक कार्यक्रम गरेका थिए।
बसन्त ऋतुको आगमनसँगै मनाइने होलीलाई आपसी मेलमिलाप र सद्भावना पर्वको रूपमा पनि मनाइन्छ।
हेर्नुहोस् बुटवलमा मनाइएको होलीका केही दृश्य: