दसैंका लागि सर्वसाधारण आ-आफ्ना घर फर्किएपछि बुटवल बजार सुनसान भएको छ। काम विशेषले सहरमा बसेकाहरु दसैं मान्न भन्दै आ-आफ्नो गाउँघर फर्किएका छन्।
अब केही दिन सहरबजार सुनसान हुनेछन्। बुटवल बजारमा रहेका अधिकांश व्यापारिक पसल पनि बन्द छन्।
फूलपातीदेखि गाउँघरतिर दसैंको चहलपहल धेरै हुने र कोत तथा मठमन्दिरहरूमा बलि दिने तथा दसैंको तयारी गर्ने भएपछि बाहिरबाट आई पेसा-व्यवसाय गरेकाहरू फूलपातीलगत्तै गाउँघर जाने गर्छन्।
बुटवलमा व्यापार गर्ने धेरैजसो पहाडी जिल्लाहरू गुल्मी, पाल्पा, अर्घाखाँची, बाग्लुङ, पर्वत जस्ता जिल्लाका छन्।
बुटवलको मुख्य राजमार्गमा सवारी साधन संख्या अत्यन्त कम भएको छ।
हेर्नुहोस् तस्बिरहरूः