कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररतः दुई जनाको मंगलबार राति* मृत्यु भएको छ।
यहि साउन २५ गते अस्पतालमा भर्ना भएका ४२ वर्षीय र मंगलबार भर्ना भएका २५ वर्षका दुईजना पुरुषको मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाका अनुसार दुबैजनाको बुटवल धागो कारखाना स्थित आईसियुमा भेन्टिलेटरमा उपचार हुँदै आएको थियो।
दुबै जना अस्पतालमा भर्ना भएदेखि नै भेन्टिलेटरमा रहेको डाक्टर थापाले जानकारी दिए।
मृतकमध्ये ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपनि २५ वर्षीय पुरुषको भने मंगलबार स्वाव संकलन गरिएकोले रिपोर्ट आइनसकेको डाक्टर थापाले बताएका छन्।
फोकल पर्सन कुमार थापाका अनुसार मृतकमध्ये ४२ वर्षीय पुरुष कपिलवस्तु नगरपालिका वडा नम्बर २ कास्थानीय व्यापारी रहेको र २५ वर्षीय पुरुष कृष्णनगर नगरपालिका वडा नम्बर १२ का रहेको जानकारी दिए।
कोरोना विशेष आइसोलेसन अस्पताल बुटवलमा आईसियुमा ६ जना उपचाररतः छन्। त्यस्तै, आइसोलेसनमा १६ जना भर्ना भएको डा सुदर्शन थापाले जानकारी दिए।
यसअघि लक्षण नभएका संक्रमित आउने गरेकोमा अहिले भने लक्षणसहितका संक्रमित आउन थालेको डाक्टर थापाले बताए।
(*मंगलबार राति हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ- सम्पादक)