दाङको घोराही तुलसीपुर सडकखण्डको विजौरीमा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
आज बिहान बा३ख ९५२१ नंको माइक्रोबस बाक्लो हुस्सुका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
माइक्रो बसमा सवार तुलसीपुर–३ श्रीकुला निवासी २२ वर्षीय ज्ञानबहादुर गिरीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
घाइतेमध्ये चारजना गम्भीर रहेको र उनीहरूलाई बाँके अस्पतालमा पठाइएको र अन्य छजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।