निर्वाचनको मुखमा पर्सा क्षेत्र नं.३ को पोखरिया नगरपालिकामा ३ लाख रुपैयाँ रकमसहित वाम–गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन्।
मौन अवधि सुरू भएसँगै निर्वाचनलाई लक्षित गरि चेकजाँचको क्रममा पोखरियास्थित पेट्रोल पम्प नजिकैबाट एमालकोे स्वस्तिक छाप लागेको २ हजार नमूना मतपत्रसहित ३ जना पकाउ परेका हुन्।
पक्राउ पर्नेमा वाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं.३ बाट प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचन लडेका राजकुमार गुप्ताको भाई अशोक रौनियार, फुलकौलका बासु प्रसादर वृजेश पटेल रहेका छन्।
ना१ ह ९३३२ नम्बरको अटोमा पोखरिया आइरहेका उनीहरूको साथबाट ३ लाख रुपैयाँ नगद र एमालेको नमूना मतपत्रसहित पक्राउ गरिएको क्षेत्र नं.३ का सुरक्षा ईन्चार्ज प्रहरी नायब उपरीक्षक डिडिपन्तले जानकारी दिए।
पक्राउ परेका एमालेका कार्यकर्ताहरूलाई आवश्यक अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक पन्तले बताए।