चीनको उत्तरी क्षेत्रमा पर्ने तिआनजिन नगरपालिकाले यस वर्ष अत्याधिक प्रदुषण गराउने नौ हजार ८१ कम्पनीहरू बन्द गरिदिएको छ।
कुल १९ हजार कम्पनीमध्ये वातावरण संरक्षण नीति उल्लंघन गरेको आरोपमा ती कम्पनी बन्द गरिएको नगरपालिकाको वातावरण संरक्षण विभागले जनाएको छ।
सन् २०१७ मा गरिएको परिक्षणका क्रममा उनीहरुले गरेको जमिनको प्रयोग र निर्माण कार्य पनि गलत भएको विभागले बताएको छ।
अन्य कम्पन्नीहरुले वातावरण संरक्षण सम्वन्धी मापदण्ड पूरा नगर्दासम्म अहिले बन्द भएका कम्पनीहरु खोल्ने सम्भावना पनि नभएको विभागका प्रमुख वेन वुरुइले जानकारी दिए।
धेरै वायु प्रदुषण गरेका कम्पनीहरुलाई शुक्रबार सुन्तला रङको संकेत लगाइएको छ।
प्रदुषण सम्बन्धी चेतावनी दिन चीनमा चार प्रकारका रङहरुको प्रयोग गर्ने गरिन्छ। ती मध्ये रातोले अत्यधिक धेरै, त्यसपछि सुन्तला, पहेलो र निलोले क्रमशः कम प्रदुषणको संकेत गर्दछन् ।