विवेकशील साझा पार्टीले प्रदेश तथा प्रतिनिधि सभा चुनावका लागि थप उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।
यसअघि काठमाडौं लगायत अन्य जिल्लामा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा गर्दै आइसकेको पार्टीले पाँचौ चरणमा प्रदेश सभा चुनावको लागि रुपन्देही र धनुषा जिल्लामा उम्मेदवारी घोषणा गरेको छ।
साथै, पार्टीले नवलपरासी र सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ।
यी हुन् पार्टीले उठाएका उम्मेदवारहरूगणेश पन्थी, रुपन्देही क्षेत्र नं २ (क)
निलम अधिकारी, रुपन्देही क्षेत्र नं २ (ख)
बाशुप्रसाद चालिसे, सुनसरी क्षेत्र नं १ (ख)
जयराम भण्डारी, सिन्धुपाल्चोक क्षेत्र नं २
हेमन्त राज न्यौपाने, नवलपरासी क्षेत्र नं १