तिहारको सन्दर्भ पारेर पूर्वराजा ज्ञानेन्द्रले देशको अवस्था बिग्रेको र आफूले नेतृत्व लिन चाहेको भन्ने भनाईप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले मैदानमा उत्रिनेलाई स्वागत रहेको बताएका छन्।
बिहिबार वाम गठबन्धन दुई दलका शीर्ष नेताहरूले पत्रकार सम्मेलनमा बोल्दै ओलीले घुमाउरो पारामा भने, ‘तयार छु भन्नेलाई १६ गते मनोनयनमा गएर आए भइहाल्यो नि त!’
पूर्वराजा ज्ञानेन्द्र शाहले तिहारको टीकाको दिन अब आफूले देशको नेतृत्व लिने बेला आएको प्रतिकृया दिएका थिए। ओलीले हामीले दुःख गरेर ल्याएको लोकतन्त्रमा सबैले चुनाव लड्न पाउने बताएका हुन्।