कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता रवीन्द्र खड्का एमालेमा प्रवेश गरेका छन्।
काभ्रेको बनेपामा बिहिबार पत्रकार सम्मेलन आयोजना गरी उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
मंसिर १० र २१ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ मा राप्रपाले सर्वसम्मत रूपमा उनको नाम सिफारिस गरेको थियो। उनीसँगै काभ्रे जिल्ला क्षेत्र नं १ को प्रदेश सभा २ नंमा उम्मेदवारको लागि प्रत्यक्षमा सिफारिस भएका शंकरकुमार श्रेष्ठले पनि पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन्।