गोरखा जिल्लामा नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेताहरूले पार्टी परित्याग गरेका छन्। उनीहरूले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी परित्याग गरेका नेताहरूलाई बिहिबार बिहान टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गराएका हुन्।
माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरूमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य जीत बहादुर घले, तमु परिषदका केन्द्रीय सह–इञ्चार्ज आनन्द बहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद सल्लाहकारद्वय डा. जीत बहादुर घले, बल बहादुर घले, बाम बुद्धिजीवी खड्क बहादुर गुरुङ लगायत रहेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं–२ का उम्मेदवार नारायणकाजी श्रेष्ठ, क्षेत्र नं.–१ का उम्मेदवार हरिराज अधिकारी लगायतका नेताहरू उपस्थित थिए ।