नेपाली कांग्रेस संसदीय समितिको मंगलबार बैठकले सात जिल्लाका उम्मेदवार चयन गरेको छ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लाएको हो।
समिति बैठकको निर्णयले ताप्लेजुङ जिल्लाको प्रतिनिधिसभामा केशवप्रसाद दाहाल र प्रदेशसभामा लीलादेवी बोखिम र दीपेन्द्रकुमार सेन्दाङलाई उम्मेदवार बनाउने भएको छ।
पाँचथर जिल्लामा प्रतिनिधिसभाका लागि भीष्मराज आङ्दम्बे तथा प्रदेशसभाका लागि नरेन्द्रकुमार केरुङ र सुरेन्द्र दाहाल छन्।
यसैगरी सोलुखुम्बुको प्रतिनिधिसभामा बलबहादुर केसी तथा प्रदेशसभामा प्रकाशसिंह कार्की र आङगेलु शेर्पा छन् भने खोटाङ प्रतिनिधिसभामा सरस्वती बजीमय तथा प्रदेशमा सुभाषकुमार पोखरेल र विष्णुकुमार राई छन्।
मनाङमा प्रतिनिधिसभाका लागि टेकबहादुर गुरुङ तथा प्रदेशसभाका लागि चिन्ताबहादुर घले र कर्मा गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
हुम्लामा प्रतिनिधिसभाका लागि मंगल शाही तथा प्रदेशसभाका लागि ठानबहादुर रोकाय र जीवनबहादुर शाही छन्।
त्यस्तै जाजरकोटको प्रतिनिधिसभामा राजीवविक्रम शाह तथा प्रदेशसभामा वेदराज सिंह र दीपकजंग शाह उम्मेदवार छनोट भएका नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।