छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वाङन्दोङ प्रान्तको सेञ्जेन सहरमा रहेको सेञ्जेन इण्टरनेशनल साइन्स एण्ड टेक्नोलोजिज विजेनेस प्लाटफर्मको भ्रमण गरेका छन् ।
आज बिहान उनले त्यहाँको अवलोकन गरी उक्त सहरमा भएको विकास र त्यहाँको औद्योगिक विकासलाई नेपालमा कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल गरेका उनका जनसम्पर्क तथा पेस संयोजक हरि लामिछानेले जानकारी दिए । सोही अवसरमा त्यहाँस्थित मेडिकल सामग्री उत्पादन गर्ने कम्पनी मिण्ड्रीको अवलोकन गरे ।
उक्त कम्पनीले विश्वका विभिन्न मुलुकमा एक्सरे मिसिन, एमआरआई,अल्ट्रासाउण्डलगातका अत्याधुनिक मेडिकल सामग्रीको उत्पादन गरी विक्री गर्दै आएको छ ।
उपप्रधानमनत्री महरा आज राति स्वदेश फर्किदैछन् । रासस