राष्ट्रिय जनता पार्टीका महासचिव सुरेश पाण्डेले आफूहरूले अहिलेको चुनावलाई आन्दोलनकै रुपमा उपयोग गरिरहेको बताएका छन् ।
आइतबार महोत्तरीको जलेश्वरमा आयोजित विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले आफूहरूको माग संविधान संशोधन नगरीकन चुनावमा होम्याउनु भनेको आफूहरूलाई चेपुवामा पार्ने काम भएको समेत गुनासो गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका मेयरका उम्मेदवार अशोक साहले आफू मेयरमा विजयी भए जलेश्वरको समग्र विकासमा योगदान पुर्याउने बताए । त्यस्तै, उनले उक्त नगरपालिकाका जनताहरूको स्तरोन्नति र खानेपानी सरसफाइ, सिँचाइ लगायतका विकासका क्षेत्रमा योगदान दिने विश्वास दिलाए ।
उनले कांग्रेसले मधेसको लागि धेरै काम गरेको भन्दै यो पटकको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने समेत उनले दाबी गरे ।