महोत्तरीको जलेश्वर नगरपालिकाका मेयरका उम्मेदवारहरूले आ–आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् ।
आइतबार महोत्तरीको जलेश्वरमा आयोजित विशेष चुनावी साक्षात्कारमा बोल्दै मेयरका उम्मेदवारहरूले यस्तो दाबी गरेका हुन् ।
उक्त साक्षात्कारमा बोल्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्व सांसद रामकुमार शर्माले माओवादीले मधेस र मधेसी जनताको अधिकार स्थापित गराउन प्रभावकारी भूमिका निर्वाह गरेको बताए ।
शर्माले जलेश्वर नगरपालिकाका मेयरका उम्मेदवार कौशल ईन्द्र शर्माको तर्फबाट उनका चुनावी घोषणापत्र र योजनाहरू सार्वजनिक गरेका थिए ।
उनका अनुसार मेयरका तर्फबाट गर्ने कामहरूमा जलेश्वरका सडक सञ्जालहरू स्तरीय बनाउने, विकासमा टेवा पुर्याउने र यहाँका जनता र नगरपालिकालाई समृद्ध बनाउने रहेको छ ।
त्यस्तै, शववाहनको व्यवस्था गर्ने र सिचाईको लागि वर्षमा एकपटक निशुल्क ट्रयाक्टरको व्यवस्था गर्ने पनि माओवादीका मेयरका उम्मेदवारको योजना रहेको उनले जानकारी गराए ।