राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको विवरण किन अद्यावधिक नगरिएको भनेर निर्वाचन आयोगलाई प्रश्न गरेको छ।
निर्वाचन आयोगको अभिलेखमा रास्वपाको महामन्त्री डा. मुकुल ढकाल नै रहेको विवरण भेटिएपछि र ढकालले केन्द्रीय समिति बैठक राख्न माग गर्न थालेपछि रास्वपाले प्रश्न गरेको हो।
'पार्टी केन्द्रीय समितिको २०८१ असार २५ को निर्णय अनुसार पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोगमा पार्टीको तर्फबाट २०८१ साउन १७ गते निर्वाचन आयोगसँगकै परामर्शमा निवेदन पेस भएको छ। सो निवेदनको सम्बन्धमा निर्वाचनबाट हेरफेर भएको विवरण अनुसार काम गर्नु र निर्वाचन आयोग समेतले सोही हेरफेर भएको विवरण अनुसार काम गर्नेछ भन्ने सूचनाहरू दिँदै आएको थियो,' कार्यवाहक प्रवक्ता मनिष झाले भने।
पार्टीको तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकाले हालसम्म किन अद्यावधिक नगरिएको भन्ने प्रश्नको जबाफ आयोगले नै दिनुपर्ने उनले बताएका छन्।
उक्त निवेदनको सम्बन्धमा निर्वाचनबाट हेरफेर भएको विवरण अनुसार काम गर्नू र निर्वाचन आयोग समेतले सोही हेरफेर भएको विवरण अनुसार काम गर्नेछ भन्ने सूचनाहरू दिँदै आएको पनि झाले बताए।
'अद्यावधिकको निवेदन दर्ता भइसकेपछि सो निवेदनमा उल्लेख भएको बेहोरा नै आधिकारिक हुने मान्यता र अभ्यास छ,' उनले भने।
पढ्नुस्- निर्वाचन आयोगको विवरणमा मुकुल ढकाल अझै रास्वपाको महामन्त्री