रौतहटको राजापुर बम काण्डमा नेपाली कांग्रेसका नेता अफ्ताब आलमलाई सफाइ दिएका उच्च अदालत जनकपुरको अस्थायी वीरगन्ज इजलासका दुई न्यायाधीशहरू सर्वोच्च अदालत तानिएका छन्।
बुधबार बसेको न्याय परिषदको बैठकले न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनलाई न्याय परिषदमा तानेको हो।
दुबै जनालाई सर्वोच्चमा काजमा राखिएको स्रोतले बतायो।
जेठ १४ गते न्यायाधीशहरू थारू र महर्जनको इजलासले आलमसहित चार जनालाई सफाइ दिने फैसला गरेको थियो।
आलमसँगै उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका हुन्।
जिल्ला अदालत रौतहटले उनीहरू चारै जनालाई २०८१ वैशाख १३ गते जन्मकैदको फैला गरेको थियो।
उक्त फैसला गरेको भन्दै दुई न्यायाधीशविरूद्ध न्याय परिषदमा उजुरी समेत परेको थियो।
न्यायाधीशहरू थारू र महर्जनले आलमलाई सफाइ दिएको भन्दै नेकपा बहुमतका कार्यकर्ताहरू इजलासमै पुगेर दुर्व्यवहार समेत गरेका थिए। दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ समेत परेका थिए।