नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका समिर रिजाल विजयी भएका छन्।
सोमबार भएको निर्वाचनमा समिर ८७१ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका महोम्मद माजिद प्रवेजले ७५७ मत पाएका छन् भने प्रदीप विकले १७ मत पाए।
त्यस्तै सचिवमा नेविसंघका ८२९ मत सहित मनमोहन भट्ट विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका ओमप्रकाश सुनारले ८१२ मत पाए।
कोषाध्यक्षमा ८६४ मतसहित नेविसंघकै विधिशा मिश्रा विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका आशुतोषकुमार गुप्ताले ७७९ मत पाए।
नेपाल ल क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीले तालमेल गरेर चुनाव लडेका थिए। नेविसंघ एक्लैले प्रतिस्पर्धा गरेको थियो।