नेपाली कांग्रेसले कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्कालाई तोकेको छ।
आइतबार सभापति शेरबहादुर देउवा थाइल्याण्ड प्रस्थान गरेसँगै कांग्रेसले उनलाई कार्यवाहक सभापति तोकेको हो।
खड्का कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत हुन्।
देउवा उनकी पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवासँगै थाइल्याण्ड भ्रमणमा गएका हुन्।
मन्त्री राणा सोमबारदेखि पाँचदिनसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप) को ८१ औं सत्रमा सहभागी हुन गएकी हुन्।
नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री राणाले उक्त आयोगको ८१औं सत्रको अध्यक्षता गर्ने कार्यतालिका छ। सो सत्रलाई मन्त्री राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।
उनीहरु यही अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ।