राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा हुने भएको छ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधमा मुद्दा दर्ता भएपछि लामिछाने आज कार्यालय खुल्नेबित्तिकै जिल्ला अदालत रूपन्देहीमा हाजिर भएका थिए।
लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडिआइजी छविलाल बन्जाडे जोशीसहित १४ जना र यसअघि गते वैशाख ३ गते २८ जनामध्ये ८ जना गरी २२ जनालाई आइतबार सहकारी ठगी र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो।
लामिछाने सोही मुद्दाका लागि जबाफ दिन जिल्ला अदालत रूपन्देही आएका हुन्।
लामिछानेको तर्फबाट कानून व्यवसायी नारायणदत्त कँडेल र गोविन्द प्रसाद मरासिनी लगायतले बहस गर्ने छन्। अहिले न्यायाधीशले मिसिल अध्ययन गर्दैछन्।
बुधबार सरकारी बयान लिने र सरकारी वकिलले नै बहस गर्ने भएकाले धेरै कानून व्यवसायी नजुटाइएको रास्वपा स्रोतले बतायो।