बिहीबार चार वटा संसदीय समितिको बैठक बस्दैछ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति र राज्य व्यवस्था तथा सुशासन समितिको एवम् राष्ट्रिय सभा अन्तर्गतका विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागको हो।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुने कार्यसूची छ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ।
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल गर्ने कार्यसूची छ।
त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोष २९)को समीक्षा र नेपालको आगामी कार्यदिशाबारे छलफल गर्ने कार्यसूची छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।