राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं जिल्ला अदालत परिसरमा अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएकोमा ध्यानाकर्षण भएको बताएको छ।
कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार जारी गरेको विज्ञप्तिमा त्रिपाठीमाथि हातपातमा पार्टी कार्यकर्ता संलग्न रहेको देखिएमा कारबाही हुने उल्लेख छ।
यो पनि: काठमाडौं अदालत परिसरमा सहकारी पीडितका वकिल दिनेश त्रिपाठीमाथि हातपात
अधिवक्ता त्रिपाठी काठमाडौंको स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फका वकिल हुन्।
रास्वपा सभापति रवि लामिछानेको थुनछेक आदेश आउनुअघि त्रिपाठीमाथि हातपात भएको थियो।
काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।