क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य 'किरण' अस्वस्थ भएका छन्।
उपचारका लागि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
पार्टीका कार्यवाहक महासचिव गौरवले विज्ञप्ति जारी गर्दै महासचिव वैद्य केही दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेको उल्लेख गरेका छन्।
उनले जारी गरेको विज्ञप्तिअनुसार महासचिव वैद्यको स्वास्थ्य अवस्था स्थिर छ।