सेतोपाटी अडिओ कथा शृंखला
दुई जना साथी गफ गर्दै थिए।
एक जनाले सोध्यो, 'जंगलमा बाघसँग जम्काभेट भए के गर्छस्?'
अर्कोले भन्यो, 'मैले त के गर्नू, चुपचाप आँखा चिम्लेर बस्छु; जे गर्छ बाघले नै गर्छ।'
यो हामीले धेरैचोटि भन्दै वा सुन्दै आएको जोक हो। तर जुन दिन चितवन माडीकी खिकुमारी अधिकारीको बाघसँग जम्काभेट भयो, उनले आँखा चिम्लेर बसिनन्। डराएर भाग्दा पनि भागिनन्। जे गरिन्, उनैले गरिन्; खिकुमारीका अगाडि बाघको पनि केही जोड चलेन।
सेतोपाटीको यो अडिओ कथा शृंखलामा आज हामी सुनाउँदै छौं बाघ र मान्छेको अर्को घम्साघम्सीको कथा। यो कथा सेतोपाटी संवादाता राजेश घिमिरेले लेखेका हुन्।
घटना २०५६ साल चैत महिनाको हो। चितवन, माडीको किर्तनपुर गाउँमा बाघ पसेको थियो।