कोसोभोका स्थानीय सरकार तथा प्रशासन मन्त्री एल्बर्ट क्रिस्निकले स्थानीय सरकारको उपलब्धि र चुनौति बुझ्न ललिपुरका मेयर चिरीबाबु महर्जनसँग भेटवार्ता गरेका छन्।
मंगलबार मन्त्री एल्बर्टको प्रतिनिधिमण्डलले नेपालमा स्थानीय सकारको अभ्यास, उपलब्धि , अवसर र चुनौतिहरुको बारेमा जानकारी लिनका लागि महानगर प्रमुख चिरीबाबु महर्जनसँग भेटवार्ता गरेको हो।
मन्त्री एल्बर्टले कोसोभोका भौगोलिक, राजनीतिक अवस्थाको बारेमा जानकारी गराएका थिए भने मेयर महर्जनले नेपालको तीन तहको सरकार, उनीहरूको क्षेत्र लगायतका विषयमा कोसोभो मन्त्रीको प्रतिनिधिमण्डललाई जानकारी दिएका थिए।
मेयर महर्जनले ललितपुर महानगरले सम्पदा संरक्षणको क्षेत्रमा थुप्रै काम गरेको बताए।
मन्त्री एल्बर्टले कोसोभोमा रहेका पालिकाहरूको प्रविधि, ज्ञान, सीप र असल अभ्यासहरू ललितपुर महानगरमा भित्राउन र अनुभव आदान प्रदानका लागि लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘यसका लागि म ललितपुरका मेयरसहितका जनप्रतिनिधि र कोसोभोका मेयरहरूबीच छलफल गराउन प्रयास गर्नेछु,' मन्त्री एल्बर्टले भने।