उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कीर्तिपुर नगरपालिकाको प्रमुख पद र वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ।
मेयरमा दीपक महर्जनले उम्मेदवारी दर्ता गराएका छन् भने वडा नम्बर ४ को अध्यक्षमा राजिब महर्जनले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
जसपा नेपालबाट उम्मेदवारी दिएका दुवै जना यौनिक अल्पसंख्यक समुदायका हुन्।
यहाँ मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। आइतबार मनोनयन दर्ताको कार्यक्रम चलिरहेको छ।