नेकपा (एमाले) ले मंसिर १६ गते हुने उपनिर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने भएको छ।
एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले तुलाधरलाई वडाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए।
२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा तुलाधर एमालेबाट उम्मेदवार भई नेपाली कांग्रेसका उम्मेदवार मुकुन्द रिजालसँग पराजित भएका थिए।
रिजाल चार हजार १९ मतसहित विजयी हुँदा तुलाधरले तीन हजार तीन सय १० मत ल्याएका थिए।
वडाध्यक्ष रिजालको २०८० भदौमा निधन भएपछि वडाध्यक्ष पद रिक्त छ।
तुलाधरले एमाले काठमाडौं महानगर कमिटीमा रहेर पनि काम गरिसकेका छन्।