रास्वपा सभापति रवि लामिछानेविरूद्ध सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको छ।
लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएपछि केन्द्रीय कार्यालय च:मतिमा शुक्रबार अपराह्न ठूलो संख्यामा प्रहरी परिचालन भएको छ।
सभापति लामिछाने पार्टी केन्द्रीय कार्यालयमै छन्।
रास्वपा कार्यालयमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ। लामिछानेलाई पक्राउ गर्दा अवरोध हुन सक्ने भएकोले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरी स्रोतको भनाइ छ।
यो पनि:
पक्राउ पुर्जी जारीपछि के भने रवि लामिछानेले?
रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी