नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पार्टीले गठन गरेको निर्देशन समिति र नेविसंघ नेताहरूबीच अन्तर्क्रिया सुरू भएको छ।
१२ औं महाधिवेशन तयारीका लागि केन्द्रीय निर्देशन समिति र नेविसंघ केन्द्रीय समितिबीच अन्तर्क्रिया गरिएको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।
कांग्रेसले भ्रातृ संस्था नेविसंघको १२ औं महाधिवेशन चैतभित्र गरिसक्न भनेको छ।
त्यसका लागि सहमहामन्त्री किशोरसिंह राठौर संयोजक र केन्द्रीय सदस्यहरू राजिव ढुंगाना र सांसदसमेत रहेकी केन्द्रीय सदस्य प्रतिमा गौतम निर्देशन समिति सदस्य छन्।
अन्तर्क्रिया सोमबारसम्म चल्नेछ।