गण्डकी प्रदेश सरकारले राहत कोषमा ५० लाख रुपैयाँ उलब्ध गराउने भएको छ।
बाढीपहिरो र डुबान पीडितलाई सहयोगका लागि उक्त रकम उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको हो।
बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
गत साता परेको वर्षाले काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति पुर्याएको थियो।
बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न तीन सदस्यीय समिति पनि गठन गरेको छ।