कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ।
मंगलबार राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य भएको हो।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ।
जेठ ११ गतेबाट चालु अधिवेशन सुरू भएको थियो। यो कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन हो।
यो अवधिमा प्रदेश सभाका ३१ वटा बैठक बसेको संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए।
चालु अधिवेशनबाट सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक पारित गरिएको थियो।
सार्वजनिक सरोकारका केही विधेयक दर्ता भएका थिए। तीमध्ये निजामती ऐन संशोधनसम्बन्धी विधेयक र लोकमार्गसम्बन्धी विधेयक संसदमै छन् भने बाँकी विधेयक समितिमा छलफलका लागि पठाइएको छ।