नेपाली कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्री रमेश लेखकले बाढीपहिरोका क्षति र सरकारले गरेका प्रयासबारे ब्रिफिङ गरेका छन्।
मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दल बैठक बसेको छ।
गृहमन्त्री लेखकले बाढीपहिरोबाट भएकाे मानवीय र भाैतिक क्षतिकाे विषयमा बैठकमा जानकारी गराएका हुन्।
सरकारले ७ सयभन्दा बढी मानिसकाे हेलिकप्टरबाट उद्धार गरेको उनको भनाइ छ।
तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थायी आवास बनाउने व्यवस्था मिलाइएको पनि गृहमन्त्री लेखकले जानकारी गराएका छन्।
क्षतिग्रस्त संरचनाकाे मर्मत गरी संचालनका लागि सरकारले काम अगाडि बढाएको उनले बताए।
गृह मन्त्रालयकाे सहसचिवकाे नेतृत्वमा ८ वटा टाेली बनाएर क्षतिग्रस्त ८ जिल्लामा पठाइएको उनको भनाइ छ।
नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक संचालनका लागि काम गरिरहेकाे गृहमन्त्री लेखकले बताए।
यो पनि: बाढी पहिरोमा परेकाहरूको उद्धार, राहत, उपचार र सडक मर्मतमा सरकार लागेको छ: गृहमन्त्री लेखक