बाढीपहिरो प्रभावितलाई उद्धार र राहतका लागि मन्त्रिपरिषदका सबै सदस्यहरूले एक महिनाको तलब उपलब्ध गराउने भएका छन्।
सोमबारको मन्त्रिपरिषद बैठकबाट प्रधानमन्त्रीदेखि मन्त्रीहरूले एक महिना बराबरको पारिश्रमिक राहत कोषमा उपलब्ध गराउने निर्णय भएको हो।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङका अनुसार बाढीपहिरो प्रभावितलाई राहत र उद्धारका लागि मन्त्रिपरिषदका सबै सदस्यहरूको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको छ।
गत बिहीबारदेखि शनिबारसम्म परेको वर्षाका कारण मंगलबार बिहानसम्म २१९ जनाको मृत्यु भइसकेको छ।
यो पनि: नदी र खोला किनारामा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्ने मन्त्रिपरिषदको निर्णय