काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुकबाट हटेको पोस्ट फिर्ता आएको छ।
मेयर बालेनले चार दिनअघि नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माले घरेलु बालश्रमिक राखेर शोषण गरेको भन्दै उनको फोटोसहितको स्ट्याटस राखेका थिए।
दुई दिनपछि उक्त पोस्ट फेसबुकबाट हटेको थियो। नेकपा (एमाले) का नेता–कार्यकर्ताले उक्त पोस्ट मेयर बालेनले आफै हटाएको बताएका थिए।
मेयर बालेनले भने स्ट्याटसमा एमाले कार्यकर्ताले रिपोर्ट गरेर उडाएको बताउँदै आएको थिए। फेसबुकले भने स्ट्याटस हटाएको बारे केही उल्लेख गरेको थिएन।
‘पोस्ट उडाउने हैन, दोषी समाउ, सरकार; म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाऊ,’ भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध रोष प्रकट गरेका थिए।
त्यसपछि मेयर बालेनका समर्थकले प्रधानमन्त्रीको फेसबुकमा अनफलो अभियान सुरू गरेका थिए।