सरकारले गोविन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रशासन सेवा समूहीकर तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
कार्की बागमतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएको छन्।
सहसचिव कार्कीलाई गत वैशाख ६ गते बागमती प्रदेशकै कायममुकाय प्रमुख सचिव नियुक्त गरिएको थियो।