बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण अन्तिम समयमा सरकारले रोकेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको निर्देशनमा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भ्रमण रोकेको हो।
सेप्टेम्बर ९ देखि १३ गतेसम्म अमेरिकामा हुने प्रशिक्षणलगायत कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत काफ्ले जाने तयारी थियो। उक्त कार्यक्रमका लागि मन्त्रालयले गत साउन ६ गते काफ्लेलाई मनोनयन गरेको थियो।
तर मन्त्री गुप्ताले भदौ १८ को निर्णयअनुसार उक्त मनोनयन रद्द गरेका थिए।
यसबारे बिहीबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले प्रश्न उठाएका थिए।
मन्त्री गुप्ताले प्रमुख प्रशासकीय अधिकृत काफ्लेको वैदेशिक भ्रमण रोकिएको जबाफ दिए।
प्रमुख प्रशासकीय अधिकृत काफ्लेले मन्त्रालयसँग समन्वय र सम्पर्क नगरेकोले 'बाध्य भएर भ्रमण रद्द गर्नुपरेको' उनको जबाफ छ।