भाषा आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।वुधबार राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर आयोगका पदाधिकारीले प्रतिवेदन बुझाएका हुन्।
आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले आयोगको आठौं प्रतिवेदन ( आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन) राष्ट्रपति पौडेललाई बुझाएको र प्रतिवेदनमा भाषा आयोगले गरेका काम, भाषा आयोगले गरेका सिफारिस र आयोगलाई परेका कठिनाइहरुका बारेमा उल्लेख गरिएको बताए।
उनले आयोगलाई २०८०/०८१ मा कार्यक्रमतर्फ बजेट शुन्यता रहेको बताउँदै अपेक्षाकृत कार्यक्रमहरु अघि बढाउन नसकेको गुनासो गरे।
उनले आदिवासी भाषा दशक सन् २०२२ देखि ०३२ मा अपेक्षित काम गर्न नसकेको, लोप हुन लागेका भाषाहरुको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिलेखीकरणका कामहरु, भाषाको पुस्तान्तरणका लागि सञ्चालित हुँदै आएका कक्षाहरु अघि बढाउन नसकेको बताए।
बजेट अभावका कारण अनुसन्धान गराइरहेका कयौँ अमूल्य निधीहरुको प्रकाशन गर्न नसकेको पनि उनले जानकारी दिए। प्रदेश र स्थानीय सरकारसँगको सहकार्य मातृभाषा शिक्षाका लागि अभिमुखीकरण कार्यक्रम भने गरेको अध्यक्ष ठाकुरले बताए।
‘२०८०/०८१ मा कार्यक्रमतर्फ बजेट हामीले नै अनुसन्धान गराइरहेका कयौँ अमूल्य निधीहरु हामीसँग छन्। त्यसको प्रकाशन गर्न सकेनौँ । प्रदेश र स्थानीय सरकारसँगको सहकार्य मातृभाषा शिक्षाका लागि हामीले अभिमुखीकरणका कार्यक्रम गर्यौं,’ उनले भने।
नेपालको संविधानको धारा २८७ अनुसार भाषा आयोग गठन भएको थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १२४ भाषाहरु बोलिन्छन्। (न्युज एजेन्सी नेपालबाट)