नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकको बोल्दै सांसद मोदीले अध्यक्ष दाहालले शान्तिको लागि अथक प्रयास गरेको भन्दै नोबेल शान्ति पुरस्कार दिन माग गरेका हुन्।
प्रचण्डले समावेशी, समानुपातिक, गणतन्त्रको पक्षमा लडेको भन्दै पाएका सबै परिवर्तनहरूको जनकको रुपमा प्रचण्डलाई लिनुपर्ने उनले बताए।
‘जनयुद्ध लडेका पार्टीका कमाण्डर प्रचण्ड, जनताको लोकतन्त्रको पक्षमा, नागरिकको पक्षमा, समावेशी, समानुपातिक, गणतन्त्रको पक्षमा लड्नुभयो तसर्थ त्यतिखेर एउटा आन्दोलनको नेतृत्व भएको कारणले रामजस्तै यि सबैको जनक भनिनु पर्छ। शान्तिको लागि अथक प्रयास गर्नुभएको कारणले उहाँलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्छ र नोबेल पुरस्कार पनि दिनुपर्छ भन्ने माग राख्न चाहन्छु,’ उनले भने।
मोदीले 'जनयुद्ध'लाई हिंसा भन्ने भए नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा भएको हत्यालाई के भन्ने भनेर प्रश्न पनि गरेका छन्।
(न्युज एजेन्सी नेपाल)