प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू र प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सांसदहरूले योग गरेका छन्।
संघीय संसद सचिवालयसँगको सहकार्यमा शुक्रबार ध्यान, योग र अध्यात्मको स्वजागरण गरिएको हो।
सरकारले योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मुलप्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाजको निर्माणका गर्ने नीति लिएको थियो।
सोही कार्यक्रमअन्तर्गत प्रधानमन्त्रीदेखि सांसदहरूलाई 'स्वजागरण' कार्यक्रम गरिएको हो। प्रत्येक व्यक्तिभित्र अन्तर्निहित स्वास्थ्य, खुसी, प्रेम, सहकार्य, शान्ति तथा ऊर्जाका क्षमतालाई जागरण गर्ने विज्ञान र विधिलाई नै स्वजागरण भनिन्छ।
ध्यान र योगका विशिष्ट विधिहरूको प्रयोगबाट व्यक्ति, परिवार, संस्था र देशमा अन्तर्निहित सम्भावनाहरू जागरण गर्न सकिन्छ। यो कार्यक्रम यही विषयको परिचय र प्रयोग गरिएको हो।
तस्बिरहरू:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी।