राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज १ र २ गतेको राष्ट्रिय भेला व्यवस्थापनका लागि १४ उपसमिति गठन गरेको छ।
मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि, रजिष्ट्रेसन व्यवस्थापन उपसमिति, श्रोत व्यवस्थापन उपसमिति, यातायात तथा आवास उपसमिति, सुरक्षा तथा कानुन उपसमिति, स्वयंसेवक व्यवस्थापन उपसमिति, अडियो भिजुअल व्यवस्थापन उपसमिति, क्याटरिङ व्यवस्थापन उपसमिति गठन गरेको छ।
त्यस्तै स्वास्थ्य क्लिनिक व्यवस्थापन उपसमिति, बुथ व्यवस्थापन उपसमिति, साँस्कृतिक कार्यक्रम तयारी उपसमिति, मिडिया संयोजन उपसमिति दस्तावेजसम्बन्धी उपसमिति, आइटी व्यवस्थापन उपसमिति, राष्ट्रिय भेला ब्राण्डिङ उपसमिति बनाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
त्यस्तै पार्टीको विधानको धारा ५६(३) बमोजिम पार्टी सदस्य डा. मुकुल ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको पनि झाले बताए।
पार्टीले तयार गरेको स्थानीय छाया सरकार सञ्चालन कार्यविधि २०८१ को मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत गरिएको र त्यसउपर थप सुझाव लिने निर्णय भएको पनि झाले बताए।