प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बोलेका छन्।
सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका नेताले बोल्न समय माग गरेको जानकारी गराएका छन्। दाहालले रोस्टममा पुगेर बोल्न सुरू गरेका छन्।
यसअघि शून्य समयमा सांसदहरूले समसामयिक राजनीतिक घटनाक्रम, प्राकृतिक विपद्का क्षतिलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
साथै आकस्मिक समयमा पनि सांसदहरूले बाढीपहिरोजस्ता प्राकृतिक विपद्का घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई राहतको व्यवस्था गर्न माग गरेका छन्।
लाइभ: