मधेस प्रदेशमा पाँच जना राज्यमन्त्री थपिएका छन्। योसँगै मधेस सरकारमा अहिलेसम्मकै 'जम्बो' मन्त्रिमण्डल बनेको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा एमाले, जनमत पार्टी र लोसपाबाट एक-एक राज्यमन्त्री थप गरेका हुन्।
१२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री नियुक्त भएका थिए।
मंगलबार पाँच राज्यमन्त्री थपिएपछि २० सदस्यीय मन्त्रिमण्डल बनेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नवनियुक्त राज्यमन्त्रीहरूले शपथ पनि लिइसकेका छन्।
मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टी नेतृत्वमा सरकार छ। यो सरकारलाई कांग्रेस, एमाले र लोसपाले समर्थन गर्दै सरकारमा सहभागी भएका थिए।
जनमतको नेतृत्वमा रहेको मधेस सरकारमा अहिलेसम्मकै ठूलो मन्त्रिमण्डल बनेको हो।
जनमतका सांसद सिंह गत जेठ २५ गते मुख्यमन्त्री बनेका थिए।
हेर्नुस् मन्त्री र राज्यमन्त्रीहरूको नामसूची